काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा विश्वासको मत लिने भएका छन् ।
कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीद्वारा सभामुखमार्फत संसद् सचिवालयमा बिश्वासको मत लिने प्रस्ताव दर्ता गराएका छन् । आजै बस्ने दोश्रो बैठकमा प्रधानमन्त्रीले संविधानबमोजिम विश्वासको मत लिने सभामुख अग्निप्रसाद सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानले जानकारी दिएका छन् ।
कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, सर्वोच्चमा दायर गरिएको रिटमा हस्ताक्षर गरेका एमालेका माधव नेपालपक्षका २३, पछिल्लो समय उपेन्द्र यादवको पक्ष लागेकासहित १७ जना, राजमोका एक र स्वतन्त्र सांसद् एकजना गरी देउवाको पक्षमा १५१ मत पुग्ने अनुमान छ ।




