काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच शनिबार मध्यान्नपछि भेटवार्ता भयो ।
वरिष्ठ नेता नेपाललाई भेट्न अध्यक्ष दाहाल कोटेश्वर पुगेका थिए । स्रोतका अनुसार तत्कालीन विपक्षी गठबन्धनको माग अनुरुप नयाँ सरकार गठन भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत जुटाउने विषयमा छलफल गर्न प्रचण्ड कोटेश्वर पुगेका हुन् । सत्तारुढ गठबन्धन कसरी अघि बढ्ने भन्नेबारेमा प्रचण्ड र नेपालबीच छलफल भएको थियो ।
प्रचण्ड र विप्लवले संयुक्त रुपमा माधव नेपाललाई यसअघि पनि भेटेका थिए । सत्तारुढ गठबन्धनलाई सशक्त र प्रभावकारी बनाउनुका साथै केपी शर्मा ओलीलाई धक्का दिनका लागि नेपाल समूह अहिले सशक्त देखिएका छन् ।




