राजनीति

कोइराला परिवारको ‘लञ्च मिटिङ’ मा सुजाता उपप्रधानमन्त्री बन्ने चर्चा

काठमाडौं । नेपाली कांग्रेस १४औँ महाधिवेशनको तयारी चलिरहेका बेला कोइराला परिवारबाट पार्टी सभापतिको साझा उम्मेदवार खोज्ने प्रयास भइरहेको छ । सभापतिका दाबेदार महामन्त्री शशांक कोइरालासहित शेखर कोइराला र सुजाता कोइराला आजको ‘लञ्च मिटिङ’ मा जुटेका थिए ।

शशांक निवास महाराजगञ्जमा कोइराला परिवारका सदस्यहरुबीच छलफल भएको थियो । कोइराला परिवारबाट साझा उम्मेदवार बनाउने प्रयास भइरहेको छ । यद्यपि सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि सुजाताले उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने इच्छा देखाएको अपुष्ट हल्ला कांग्रेस वृत्तमा चलेको छ ।

सुजाताले आफूलाई सरकारमा सहभागी गराउन शशांक र शेखरको साथ खोजेको बेला आयोजना भएको लञ्च मिटिङ पार्टी तथा सरकार दुवै मुद्दामा केन्द्रित भएको भनेर बुझ्न सकिन्छ । बिपी पुत्र शशांक, गिरिराज पुत्री सुजता र नोना पुत्र शेखर तीनै जनाले पार्टी सभापतिमा दाबी गरिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *