काठमाडौं । नेपाली काँग्रेसले आकस्मिकरुपमा पदाधिकारी बैठक आह्वान गरेको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारीको आकस्मिक बैठक बोलाएका हुन् ।
बैठक आज शनिबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ । बैठकमा क्रियाशील सदस्यता छानबिन समिति सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटको घटनाबारे छलफल हुने बताइएको छ ।




