१,
न्यानो सपना
सिरकभित्र छिर्दा
सम्झना मीठो !
२,
हुत्याइदिंदा
मच्चिएको सम्झना
ठोक्किंदा तलै !
३,
हाँस्दा सम्झना
बारीमै फालिएको
पोकै पारेर !
४,
सुकेको ठूटो
सम्झनाले छाडेको
घाउको खाटा !
५,
छाडेर गयौ
बिर्सनै नसकिने
मीठो सम्झना !
६,
हुरी चलेछ
झर्न थालेको पात
चिसो सम्झना !




