देश

एमाले स्थायी कमिटी बैठकमा माधव पक्षका पाँच नेता पुगे

काठमाडौं । एमाले स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका पाँच नेता सहभागी भएका छन् ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकमा ढिलो गरी माधव पक्षका भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, भीम आचार्य र गोकर्ण विष्ट पुगेका हुन् । उनीहरू सबै एमाले विवाद मिलाउन बनेको कार्यदलका सदस्य हुन् ।

कार्यदलले यसअघि सार्वजनिक गरेको सहमतिको मस्यौदाबारे एमाले स्थायी कमिटी बैठकलाई जानकारी गराउने छ । कार्यदलका पाँचजना सदस्यले अध्यक्ष केपी ओलीसँग आफ्ना अडान राख्ने भएको बुझिएको छ । कार्यदलमा सहभागी माधव पक्षका एक सदस्यले स्थायी कमिटी बैठकभन्दा पनि अध्यक्ष ओलीसँग कुराकानी गर्न गएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *