देश

पोखराका मेयरलाई हृदयाघात, काठमाडौंको न्युरो अस्पताल लगियो

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई हृदयघात भएको छ । जिसीको स्वास्थ्यमा अचानक अचानक समस्या देखिएपछि शुक्रबार बिहान ४ बजे पोखरास्थित मेडिप्लस अस्पताल लगिएकोमा स्वास्थ्य समस्या जटिल भएको भन्दै मणिपाल अस्पताल रिफर गरेको थियो ।

तर, स्वास्थ्य अवस्था खतरामुक्त नभएपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । हेलिकोप्टरबाट उनलाई काठमाडौं लगिएको हो । चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि काठमाडौं बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गर्ने तयारी छ ।

जिसीको बायाँ अंग नचलेको र एउटा नसामा समस्या रहेको चिकित्सकलाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार माधव बरालले जानकारी दिएका छन् । जिसी ०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट महानगर प्रमुखमा निर्वाचित भएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *