काठमाडौं । एमाले अध्यक्ष केपी ओलीका असल चेला शंकर पोखरेल प्रदेश सभा फेस गर्नै नसक्ने अवस्थामा पुगेका छन् । बिहीबार बजेट पारित गर्ने बेला फेला हुने डरले बहिष्कार गरेर मध्यराति प्रदेश सभा अधिवेशन अन्त्य गरेका पोखरेलले अध्यादेशबाट बजेट ल्याउन निर्णय गरेका छन् ।
शुक्रबार बिहान बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले अध्यादेशबाटै बजेट ल्याउने निर्णय गरेको हो । असारमा प्रदेश सभामा पेस गरिएको बजेट बिहीबार पेस गर्ने कार्यतालिका थियो । तर, बजेट फेल हुनेवित्तिकै सरकार ढल्ने भयले पोखरेलले नै प्रदेश सभा बहिष्कार गरे । अब अध्यादेशबाट बजेट ल्याउन लागिएको छ ।
प्रदेश सभा बैठक अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउँदा केपी ओली सरकार कसरी ढलेको थियो, त्यही नियति पोखरेलले पनि भोग्नुपर्ने निश्चित छ ।




