राजनीति

एमाले संसदीय दलको बैठक भोलि, नेपाल समूह जाला ?

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक शुक्रबार बोलाइएको छ । सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउने आदेश दिएकाले त्यसअघि पुनःस्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

सरकार ढाल्न शेरबहादुर देउवालाई समर्थन गर्ने माधव नेपाल पक्षका २३ जनासहित सबै सांसदलाई खबर गरिएको उनले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *