काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव र धर्मेन्द्र बास्तोलाबीच भेटवार्ता भएको छ ।
बिहीबार बिहान नेपाल निवास कोटेश्वरमा चार नेताबीच भेटवार्ता भएको थियो । भेटघाटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइन्छ । माधव नेपाल, विप्लव, धर्मेन्द्र बास्तोलासँग भेटवार्ता भइरहेको समयमै प्रचण्ड पुगेपछि थोरै समय चार नेताबीच अलग्गै छलफल भएको थियो । त्यसपछि नेपाल–प्रचण्डबीच अलग्गै छलफल भएको थियो ।
एमाले अध्यक्ष केपी ओलीलाई एक्ल्याएर अघि बढ्ने विषयमा प्रचण्ड र माधव नेपालबीच सहमति भएको बुझिएको छ ।
तीन वर्षपछि विप्लवले बुधबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर माओवादी पार्टी एकीकरण गर्न प्रस्ताव राखेका थिए । ओलीको बहिर्गमनसँगै आज प्रचण्ड र विप्लवले एमाले वरिष्ठ नेता माधव नेपाललाई उनकै निवास कोटेश्वरमा भेट गरेर राजनीतिलाई तताएका छन् ।




