राजनीति

कांग्रेस पदाधिकारी बैठक बिहीबार २ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले भोलि बिहीबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

देउवा निवास बुढानीलकण्ठमा बैठक बोलाइएको छ । पार्टी सभापति देउवा प्रधानमन्त्री नियुक्त भएपछि बोलाइयो यो बैठक पहिलो हो । महाधिवेशनको प्रकृया सुरु हुन दुई साता बाँकी रहेको छ भने सरकारले पूर्णता पाएको छैन । कांग्रेस पदाधिकारी बैठकमा सम्भवतः यिनै दुईवटा विषयमा छलफल हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *