काठमाडौ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति बिद्यादेवी भण्डारीले नियुक्ति सच्याएपछि देउवाले सपथ लिएका हुन । सर्वाेच्च अदालतकाे फैसलाका साथै संविधानकाे धारा ७६ (५) अनुसार नियुक्त भएको देउवालाई राष्ट्रपति बिद्यादेवी भण्डारीले सपथ गराएकी हुन् । त्यस्तैगरी नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई/दुईजना गरी चार जना मन्त्रीले पनि सपथ लिएका छन् । नेपाली कांग्रेसका बालकृष्ण खाँडले गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्कीले कानुनमन्त्री, माओवादी केन्द्का जनार्दन शर्माले अर्थ मन्त्री र पम्फा भुसालले उर्जा मन्त्रीको रुपमा सपथ लिएका हुन् ।
सपथ ग्रहण कार्यक्रम साझ ६ बजे भनिएपनि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई नसच्याएसम्म शपथ ग्रहण गर्न अस्वीकार गरेपछि सपथ कार्यक्रम ढिलाे भएको थियो । यो सगै देउवा मुलुकको ४४ औं प्रधानमन्त्री भएका छन् । आफू पाँचौ पटक प्रधानमन्त्री भएका हुन् ।




