काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को असार २८ गतेको सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन सम्वत् २०७८ असार २८ गते सोमबारका दिन राति १२ बजेदेखि अन्त्य गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
असार २९ गते मंगलबार ३ बजे बस्ने गरी निर्धारण भएको राष्ट्रियसभाको बैठकसमेत स्वतः अन्त्य हुने भएकाले माननीय सदस्यहरुको जानकारी लागि राष्ट्रियसभा नियमावली २०७५ को नियम ३ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम यो सूचना प्रकाश गरिएको डा. भरतराज गौतमले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।




