काठमाडौ । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा माधवकुमार नेपालको निवासमा जादैछन् । देउवा आज अपराह्न ५ बजे विपक्षी गठबन्धनको बैठकको लागी नेपाल निवास कोटेश्वर जान लागेको हुन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि बस्न लागेको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।अदालतले दोस्रो पटक संसद् पुनर्स्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको छ ।
अदालतको फैसला पछि अब कसरी बढ्ने भन्ने बिषयमा छलपल गर्न गठबन्धनको बैठक बस्न लागेको हो ।




