काठमाडौं । कोभिडविरुद्ध एक मात्रा लगाए पुग्ने अमेरिकी उत्पादन जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप नेपाललाई हस्तान्तरण गरिएको छ ।
अमेरिकी सरकारले कोभ्याक्स परियोजनामार्फत उपलब्ध गराएको १५ लाख ३४ हजार ८ सय ५० मात्रा खोप सोमबार काठमाडौं आइपुगेको थियो ।
अमेरिकी सरकारले कोभ्याक्स सुविधा मार्फत पठाएको यो खोप एक डोज लगाए मात्रै पुग्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरेका थिए ।
लगत्तै बालुवाटारमा आयोजित विशेष समारोहमा अमेरिकी राजदूत रेन्डी बेरीले प्रधानमन्त्री केपी ओलीलाई खोप हस्तान्तरण गरेका थिए । यो खोप जोखिम समूहलाई प्राथमिकतामा राखेर ५० देखि ५४ बर्ष उमेरसमूहकालाई दिने योजना सरकारले जनाएको छ ।




