काठमाडौं । एमालेमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ ।
आइतबार राति दुवै पक्षबीच सहमतिमा हस्ताक्षर भएको कार्यदलका संयोजक भीम रावलले जानकारी दिए । १३ घन्टापछि सहमतिमा हस्ताक्षर भएको हो । सहमतिमा एकताबद्ध हुने निर्णय लिइएको छ ।
सो सहमति अब ओली र नेपाललाई बुझाइने भएको छ ।





