समाचार

देशभर १८ सय ३१ कोरोना संक्रमित थपिए, उपत्यकामा मात्र ३ सय ९१ जना, जोखिम कायमै

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १८ सय ३१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसाार ५५ सय ३५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३६ सय ८३ जना एन्टिजेन विधिबाट गरी कुल ९२ सय १८ जनाको परिक्षण गरिएको हो ।

यही अवधिमा थप १५ सय ३३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार कोभिड–१९ बाट २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा मात्र ३ सय ९१ जना संक्रमित थपिएका छन् । काठमाडौमा सबैभन्दा धेरै २ सय ८३ जना , भक्तपुरमा ३१ जना तथा ललितपुरमा ९७ जना कोराना संक्रमित थपिएका हुन् । नेपाल संक्रमणदर २२। ३ प्रतिशत रहेकाले जोखिम कायमै रहेका मन्त्रालयले जनाएको छ । हालसम्म ९ हजार ३ सय ८० जनाले ज्यान गुमाइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *