समाचार

एमालेले स्थायी कमिटी बैठक बस्दै


काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक अहिले केही बेरमा बस्दैछ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आज ४ बजेका लागि बैठक बोलाइएको बताएका छन् । कार्यदलको बैठक बसिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।

उता नेपाल पक्षका एक नेताले भने आफुहरुलाई बैठकबारे जानकारी नभएका र बैठक भए स्थायी कमिटी बैठक नभई गुट बैठक भनेका छन् । बैठकको एजेन्डा भने प्रस्ट्र पारिएको छैन । उता नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि सिंहदरबारमा जारी छ ।


 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *