काठमाडौ । नेपाली काँग्रेसे महाधिबेशन नजिकिदै गर्दा सभापति शेरबहादुर देउवाले भेटवार्तालाई तिब्रता दिएका छन् । १४ औं महाधिबेशनका सभापतिका उमेद्वार देउवाले अहिले केहीबेरमा सभापतिका आकाक्षीं देखिएका कृष्णप्रसाद सिटौला भेट गर्दैछन् । यद्यपी सिटौलाले औपचारिक रुपमा भने आफु पनि सभापतिको उमेद्वार रहेको भनिसकेका छैनन । तर शुक्रबार पहिलो पटक संस्थापन इतर समुहमा रहेका सभापतिका आकांक्षीहरुको एउटै टुबलमा कृष्णप्रसाद सिटौला समेत देखिएका थिए । संस्थापन इतर समुहमा देखिएका सिटौलालाई देउवाले बोलाउनुलाई अर्थपुर्ण तरिकाले हेरिएको छ । देउवाले सिटौलालाई के प्रस्ताव राख्छन् भन्ने चासोका साथ हेरिएको छ । संस्थापन पक्षबाट देउवाले उमेद्वार घोषणा गरिरहदा संस्थापन इतर पक्षबाट भने साझा उमेद्वार फाइनल हुन सकेको छैन ।




