ताजा समाचार

अझै केही दिन पानी पर्ने

काठमाडाैं । मनसुनी वायुको सक्रियताले अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा अहिले मेघ घर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भैरहेको माैसम पुर्वानुमान महाशाखाले जनाएकाे छ।

अघिल्लो सातादेखि सक्रिय रहेको मनसुनको प्रभाव यो साता पनि जारी रहने भएको छ। आगामी २४ घन्टामा देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ‘प्रदेश १, बागमती , गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित भारीरधेरै भारी वर्षाको सम्भावना रहेको छ। त्यसैले पहाडी भू(भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले भनेको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित भारीरधेरै भारी वर्षाको सम्भावना रहेको छ। रातीस् देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका का थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित भारीरधेरै भारी वर्षाको सम्भावना रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *