१,
अभागी मन
पिठ्युमा ठेस लाग्दा
दुखले थिचिएको ।
सधैं पिरलो
भाग्यलाइ सराप्दै
डाको छोडी रोएको ।
२,
घुमेको मन
त्रासमा अल्झिएको
बाँच्नलाई पुकारँ
निरीह बनी
भोक – प्यासमा तड्पी
देख्दै रित्तो सपना ।
३,
मनमा शङ्का
खुलेर भन्दै गर्दा
तोडिँदैन सम्बन्ध ।
विश्वास जोड्दा
मिलेको आत्मीयता
साटेको दु:खसुख ।
४,
पट्यार लाग्ने
अध्यारो ढल्केपछि
निद्राले आखा लठ्ठै ।
आलस्य बनि
ओछ्यान मा पल्टिदा
लोलाएको नयन ।
५,
पानी थुनेर
फुटेको हिमपात
पखालिएको मन ।
रुग्न खोज्दामा
करेन्ट बन्दै छाल
तर्सेर पाखा लाग्दै ।
६,
देखावटीमा
सपनाको महल
विपनामा अल्पेको ।
थुप्रेको आश
पूरा गर्न नसक्दा
मन बन्यो बगर ।




