१,
खोजेको मात्र
दूलोभित्र लुकेछ
सम्झना छाड्दै !
२,
तकिया मुनी
हात त गइहाल्छ
तातो सम्झना !
३,
चिसो सम्झना
सेलाउन खोजेको
मुखैमा थुक !
४,
हिङको टालो
सुँघि हेर्दा लठ्ठेको
नीलो सम्झना !
५,
सम्झना छैन
डरछेरुवा आँखा
कोतर्दै रुन्छ !
६,
कमलो मन
आँसु झारेको सम्झना
पोखरी खोज्दा !




