कला/साहित्य

म बादल

घैला उचालेर प्यास पर्खिरहेंछु
बादल बनेर गर्भाधान खोजिरहेंछु
उचालेर समुद्री खाडीदेखिको वाष्प
भ¥याङजस्तो अग्लो टाकुरीमा चढ्दै
अपहरित सीता पैल्याएर ल्याएझैँ
एकलास्टमा खसालेर खुसीको आँसु
प्रेयसीसित अँगालो मारेर रोइरहेंछु
गहिराइमा जलपरीसित अल्मलिएर केहीबेर
पहाडी उकालीहरू छिचोल्दै छु
बोकेर पिठ्युभरि पसिनाको धारो र पानीका वुँदहरू
शीताङ्क खोजेर अन्तरिक्षमा पौडिदंैछु
कराएका छैनन् काकाकुल जुनी पानीको तिर्सनामा
गर्माएर निस्लोट भएका छैनन्
खनजोतका गरा र पखेराका ज्यामीहरू
खोला गड्तिर धाएका छैनन्
तिर्खा बिसाउन घ्याल्चा बोकेर पुग्ने चाँचरीहरू
तपाएर ओझेल तरुनी तन्नेरीहरूलाई
हरियालीको सपना देख्नलाएर
लैबरीको भाका हालेर आफ्नै कर्मभूमिमा
मान्छेका तागत पसिनाका तप्कनमा खसाल्न सघाउँछु
हर्षको आभासमा अझै उक्लिएर आकाशतिर
क्षितिजको पर्दा खोलेर दोस्रो
सृष्टिको निरन्तरतामा
कहिलेको मेघमाला
र कुनैवेलाको दल म बादल बनेर च्याइरहेंछु
अविरल गतिमा अविश्रान्त विभ्रान्त
पानीका वुँद भएर खसिरहेंछु ।

* ************************

मादी न.पा. ६, संखुवासभा
हालः लोकन्थली, भक्तपुर

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *