काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विवाद सुल्झाउन गठित कार्यदलको बैठक राति ८ बजेसम्म पनि चलिरहेको छ । सहमतिको मस्यौदामा छलफल भइरहेको नेताहरुले बताएका छन् ।
कार्यदलका सदस्यहरु शुक्रबार मध्यान्हदेखि अर्थ मन्त्रालयमा छलफलमा जुटेका हुन् । ‘मस्यौदामा हामीले छलफल गर्यौं, हामीले लागेका सुझावहरु दियौं ।’ बैठकबाट बाहिरिएका कार्यदलका सदस्य रघुजी पन्तले भने ।
छलफलमा आएका रायहरुलाई समेटेर सम्भव भएसम्म आजै अन्तिम रुप दिने प्रयास हुने उनको भनाई छ । पन्त भन्छन्, ‘हामीले पार्टी एकतालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर केही बुँदाहरु सहमतिका साथ बनाउने कोसिस गरिरहेका छौं ।’




