विचार

भ्रममा नपरौं, काेही कसैसँग थुन्सेमा भोट छैन

कांग्रेसको महाधिवेशनको सन्दर्भलाई लिएर विभिन्न पत्रपत्रिक,सञ्चार माध्यम र सामाजिक सञ्जालमा उम्मेद्वारको चर्चा चल्न थालेको छ । को-कुन टिमको ,कसलाई कस्को समर्थन,को कस्को नजिक विभिन्न खाले चर्चा परिचर्चा चलिरहेको छ । यस्ले केही भ्रमहरु सृजना गरेको छ । मेरो वारेमा पनि नानाथरीकुरा बाहिर आएका छन्। म केही प्रष्ट पार्ने प्रयास गर्दै छु।


०४४ सालमा दोलखाको गौरीशंकर क्याम्पसमा भर्ना भएर विद्यार्थी राजनीति प्रारम्भ गरियो । तात्कालिन राष्ट्रवादी विद्यार्थी संगठनको व्यानरमा स्ववियु सभापति भईयो । पञ्चायत व्यवस्था समर्थक संघठनबाट सभापति भएता पनि सो व्यवस्थाका विकृतिहरुको निन्दा गर्दै प्रजातन्त्र पुनर्वहालीको आन्दोलनमा समेत सहभागी भएको थिए । सो जन आन्दोलनले प्रजातन्त्र वहाली गरे लगतै रामजीवन सिंहसंगको राजनैतिक छलफल र भीम वहादुर दाईसंगको भेट पश्चात् नेविसंघ दोलखाको संयोजकको जिम्मेवारी वहन गर्दै नेवि संघको अधिवेशन सम्पन्न गराईयो। त्यस पश्चात् पार्टीका केन्द्रीय सदश्य भीम दाईले युवा तदारुकता दल गठन गरेर संयोजकको जिम्मेवारी दिनु भयो। म ०४३ सालदेखि शिक्षक जागिर पनि खाँदै थिए।


त्यस पछि शिक्षक संघको राजनीतिमा कृयाशील हुँदै शिक्षक संघ दोलखाको अध्यक्षमा (हाल माओवादीबाट बैत्यश्र्वर गाउंपालिकाका उपप्रमुख भएका रवि आचार्य)संग झिनो मतले पराजित भईयो। २०५१ सालमा आफ्नै नेतृत्वमा जय नेपाल सांस्कृतिक मञ्च गठन गरेर गाउँ गाउँमा सास्कृतिक कार्यक्रम लिएर कांग्रेस जगाउने काममा लागियो। यो निर्वाचन पश्चात् कांग्रेसमा दुई धार देखा परो। म किशुनजीको लाईनमा उभिए।

जागिर खाँदै राजनीति गर्ने काम असजिलो महशुस हुनथाले पछि २०५३ मा शिक्षकबाट राजीनामा दिएर पार्टी अधिवेशनमा क्षेत्रीय सभापति पदमा विजय हासिल गरेर पूर्णकालिन राजनीतिमा होमिए।किशुनजीको लाईनमा बढी कृयाशील हुनथाले पछि भीमदाई लगायत नेताहरु मेरा विरुद्ध खनिएरै लाग्नु भयो र अर्को अधिवेशनमा म पराजित भए । त्यसपछि धार्मिक संस्था गठन गरेर विभिन्न धार्मिक सांस्कृतिक कार्यक्रमहरु संञ्चालनमा कृयाशील रहे।

पार्टी विभाजनसंगै कांग्रेस प्रजातान्त्रिकको जिल्ला सचिव भएर कृयाशील रहे ।सोही पार्टीको जिल्ला सचिव र महाधिवेशन प्रतिनिधिको जिम्मेवारीमा रहदै ०६२-६३ को जनआन्दोलनमा जिल्लामा नेतृत्व लिएको थिए । प्राविधिक रुपमा कांग्रेस पार्टी दुईटा भएता पनि आपसी सद्भाव कायम राख्ने भूमिकाको अग्रभागमा रहेर काम गर्दा गर्दै पार्टी एकीकरण भयो । सो एकीकृत बैठकले पहिलो सचिवको जिम्मेवारी मलाई नै दियो । त्यस पछिको एकता महाधिवेशनमा महासमिति सदस्य र निर्वाचित सचिवमा विजयी भै पार्टीका ठूल्ठूला जिम्मेवारी वहन गरियो। त्यस वेला केन्द्रकाे अधिवेशनमा भने हार्छन भन्ने थाह हुँदा हुँदै दोल्खेली माटोको सम्मानका खातिर सभापतिमा भीम दाईलाई मतदान गरेको थिए।
एकता महाधिवेशनले सुशील दा सभापति वन्नु भयो। तर हाम्रो ढाडमा तान्त्रिक कांग्रेसको धव्वा लागिरह्यो।त्यो धव्वा मेटन १३औै महाधिवेशनमा विशेष सक्रियतापूर्वक लागियो। यही समुहबाट जिल्ला सभापति पनि जिताईयो र आफू पनि महासमिति सदस्यमा निर्वाचित भईयो र केन्द्रीय सभापतिमा शेर वहादुर दाईलाई जिताउन अग्रभागमा कृयाशील रहेर काम गरियो।पार्टीमा संस्थापन र तान्त्रिकको भेद समाप्त भयो। त्यो ऐतिहासिक आवश्यक्ता थियो।पूरा पनि भयो।


अब अनिश्चितता र अन्यौलका वीचमा पार्टीको १४औं महाधिवेशन गर्नै पर्ने संवैधानिक बाध्यता छ। यस अधिवेशनमा मैले आफूलाई जिल्ला सभापतिको उम्मेद्वारमा प्रस्तुत गर्ने निधो गरेको छु।आशन्न महाधिवेशनमा शेर बहादुर दाइको विपक्ष समुहले रामचन्द्र दाईलाई सर्वसम्मत उम्मेद्वार वनाएमा वहाँलाई सभापति जिताउन लागि पर्ने सोचेको थिए । तर उहाँको समुहबाट विभिन्न नेताहरुले सभापतिको लागि आ-आफ्नो नाम अगाडि सारेको अवस्थामा रामचन्द्र दाइ सर्वसम्मत उम्मेद्वार हुने सम्भावना ज्यादै न्यून देखिरहेको छु।


गुट वा समुहहरुको स्थायीकरणले अन्तत पार्टीलाई विभाजन गराउँछ । त्यसैले हामीले गुटका आधारमा हैन ऐतिहासिक आवश्यकताका आधारमा निर्णय लिनु पर्छ भन्ने मान्यतामा राजनीतिमा जिएको मलाई फलानाको निकट ,फलानो गुटको भनेर प्रचार गरिएको छ त्यो भ्रम हो।


मुलुकको मौलिक पहिचानको रक्षार्थ पार्टीलाई मुलबाटोमा ल्याई राष्ट्रिय एकताको जगेर्ना गर्नु पर्ने मुल दायित्व केवल कांग्रेसको काँधमा आएको छ। यसका लागि संविधानका केही विवादित प्रवाधानहरुमा छलफल वहस चलाउन सक्ने नेतृत्व आजको आवश्यक्ता हो।त्यसका लागि वर्तमान महामन्त्री वीपी पुत्र डा शशांक कोईरालासंग आशा गर्न सकिन्छ। पौडेल समुहबाट साझा उम्मेद्वार बन्न सक्ने सम्भावना पनि वहांको छ। हालको संस्थापन पक्षकले पनि पचाउन सक्ने व्यक्तित्वका धनी डा शशांक कोईराला सभापतिको उम्मेद्वार वनेमा म वहांलाई जिताउँन खुल्मखुल्ला मैदानमा उत्रने छु ।अन्यथा नहुनु मामा भन्दा के भने जस्तो राष्ट्रिय अन्तराष्ट्रिय जान पहिचान बनाई सकेको व्यक्तित्व शेर बहादुर दाईको विकल्प देखेको छैन।

सुनिन्छ फलानालाई फलनाको आशीर्वाद छ रे,फलानाको समर्थन छ रे भनेर विभिन्न भ्रमहरु सृजना गरिंदै छ । तीन दशक भन्दा बढी समय कम्युनिष्टहरुले राजकाज चलाएको दोलखा जिल्लामा सत्ता विमुख भएर चट्टानी अडान राखेर वाँचेका वीर कांग्रेसीहरु सत्य र न्यायको पक्षमा सदा झै यसपटक पनि उभिने छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *