पहिलो लहरमा खासै नदेखिको पोस्ट कोभिडको समस्या दोस्रो लहरपछि धेरै देखिन थालेको छ । टेकु अस्पतालमा मात्र दैनिक आधा दर्जनभन्दा बढी पोष्ट कोभिडका जटिल बिरामी दैनिक आउने गरेका छन् । पोस्ट कोभिड संक्रमणको ३–४ हप्तादेखि ६ महिनासम्म पनि देखिने गरेको छ । पछिल्लो समय बयस्क भन्दा पनि बालबालिमा देखिएको पोस्ट कोभिड समस्या अर्थात एमआइएस (सी)० जटिल रुपमा देखिएको छ । कान्तिबाल अस्पतालमा मात्र यो अन्तर्वार्ता तयार पार्दासम्म एमआइएस (सी) भएर ६३ जना बालबालिका उपचाररत रहेको अस्पताल स्रोतले जनाएको छ । बालबालिकामा देखिएको भनिएको एमआइएस (सी) के हो ? बालकालिकालाई कसरी जोगाउने ? प्रस्तुत छ, यसै सेरोफेरोमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनसँग संकल्पखबरकर्मी पुष्पा शर्माले गरेको कुराकानीको सम्पादित अंश :
बालबालिमा देखिने पोस्ट कोभिडको समस्या कस्तो हुन्छ, कसरी थाहा पाउने ?
पोस्ट कोभिड कोरोना संक्रमण निको भएपछि पनि देखिने असर हो । मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन अर्थात् एमआईएस (सी) सामान्य अर्थमा शरीरका अधिकांश भागमा सुजन हुने अर्थात् सुनिनु हो । यसले १९ वर्षसम्मका बालबालिकामा शरीरका बिभिन्न अंगहरुलाई हान्ने गर्दछ । छालासँग सम्बन्धित छाला सुनिने, २–३ दिनसम्म उच्च ज्वरो आउने, छालामा बिबिरा आउने, आँखा रातो हुने, मुटुसँग सम्बन्धित समस्या, रगत जम्ने खालको समस्या, मुटुको धड्कन बढ्ने, पेटसँग सम्बन्धित समस्या, पेट दुख्ने, पखाला लाग्ने, बान्ता आउने, श्वासप्रश्वासमा समस्या हुने, पिसाब फेर्न पनि गाह्रो हुने भयो भने एमआईएस (सी) हो भनेर बुझ्नुपर्छ ।
यस्तो अवस्था कति समयपछि देखिने सम्भावना हुन्छ ?
कोरोना संक्रमणको भएको ३–४ हप्तापछि देखिने भएकाले अधिकांशलाई यसले झुक्काउन पनि सक्छ । बिरामीलाई अचानक देखिन पनि सक्छ । शुरुमा त्यति गम्भीर जस्तो समस्या नदेखि पनि पछि, यस्ता समस्याले गम्भीर बनाउने भएकाले सघन उपचारको आवश्यक पर्दछ ।
जटिल अवस्थामा पुगेपछि मात्र समस्या पहिचान भएपछि त जोखिम धेरै होला, यस्तो अवस्थामा मृत्यु हुने चान्सेस कत्तिको हुन्छ ?
हो, एमआइएस (सी) ले शरिरका अधिकांश अंगहरुमा समस्या हुन्छ । जस्तो मुटु, कलजो, मृगौलाजस्ता अंगहरु सुनिने समस्या आउँछ । शरीरको एउटा अंगमा मात्र असर गर्दा त उपचारमा जटिलता हुन्छ, यसले अधिकांश अंगमा असर पार्ने भएकाले उपचारमा पनि झनै जटिलता हुन्छ ।
यसरी हेर्दा अन्य वर्गलाई भन्दा पनि बालबालिकामा पोष्ट कोभिडको बढी जटिलता देखियो हैन ?
हो । हामीले पोष्ट कोभिडको समस्यामा छातीसँगका सम्बन्धित अधिकांंश बिरामीको उपचार गरिरहेका छौ । बयस्कका पोष्ट कोभिडका समस्यामा हामीले ध्यान दिएका छौ, तर बालबालिकाको पोस्ट कोभिडको समस्या शरीरको धेरै भागमा पर्दछ । बालबालिकाको कोभिड संक्रमणमुक्त भएपछि देखिने समस्या एमआईएस (सी) मा ध्यान दिएका छैनौ । यस्ता समस्या बढ्दै जाने देखिएको छ, यसमा बिशेष ध्यान दिनुपदर्छ ।
एमआइएस (सी)को अवस्थामा पुग्न नदिन अभिभावले के के कुरामा ध्यान दिनुपदर्छ ?
अभिभावक बालबालिको क्लोज अब्जरभेसनमा बस्नु पर्छ । कोरोना संक्रमण भएको ३/४ हप्तापछि यि माथि भनिएका लक्षणहरु देखापर्ने बितिकै तुरुन्त अस्पतालमा लैजानु पर्छ । घरमा बसेर आफै औषधि चलाउनु घातक हुन्छ । कोरोना नेगेटिभ आउदैमा पुरै निको भइसकको हुनैन । भाइसर प्रोग्रेसका चरणमा नै हुन्छ यस्तो अवस्थामा संक्रमण मुक्त भएको २/४ हप्तासम्म बिशेष ध्यान दिनु पर्दछ ।




