काठमाडौं । साउन १२ गतेदेखि महाधिवेशन प्रकृया थाल्ने कार्य तालिका बनाएको नेपाली कांग्रेस अझै पनि क्रियाशील सदस्यता विवादमा रुमलिरहेको छ । क्रियाशील सदस्यता विवादमा अल्झिने र नेताहरु गुटबन्दीमा लाग्दा पछिल्लो समय तोकिएको समयसीमा पनि प्रभावित हुने हो कि भनेर कार्यकर्ताबीच अन्योल छाएको छ ।
तर यो पछिल्लो कार्य तालिका नडगमगाउने हिसाबले काम भइरहेको क्रियाशील सदस्य छानबिन समितिले जनाएको छ । असार २० गतेसम्म क्रियाशील विवाद टुंगो लगाउने कार्यतालिका नेपाली कांग्रेससँग थियो, तर तोकिएको समयसीमा नाघेको दुई दिन भइसक्यो । सबै काम युद्धस्तरमा भइरहेको छ । धेरै काम सकिएको छ, छानबिन समितिका सदस्य आनन्द ढुंगानाले भने, ‘अबको दुई दिनभित्र क्रियाशील सदस्यता विवाद टुंगिन्छ ।’
सदस्य ढुगानाका अनुसार क्रियाशील सदस्य विवाद दुईभित्र टुंगिएपछि सम्पूर्ण अपटेड गर्न थप एक दिन लाग्नेछ । त्यसपछि महाधिवेशन प्रकृयालाई अघि बढाउन सजिलो हुनेछ ।




