राजनीति

जसपा फुट्यो, आ–आफ्नो बाटो लागौं भन्दै महन्थ र उपेन्द्र निर्वाचन आयोगबाट बाहिरिए

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) एकीकृत ढंगले अघि नबढ्ने निश्चित भएको छ । निर्वाचन आयोगले जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव पक्षलाई आन्तरिक विवाद मिलाउन भन्दै छलफलका लागि बोलाएको थियो ।

तर, आयोगका प्रमुख आयुक्त, आयुक्तसहित जसपाका नेताहरूबीच भएको छलफलपछि नेताहरू अब सँगसँगै अघि बढ्न नसक्ने निर्णयमा पुगेका हुन् । आजै आयोगमा नेताहरूले सँगै अघि बढ्न नसक्ने भन्दै अलग गराइदिन भन्दै माइन्युटमा हस्ताक्षर गरेको महन्थ ठाकुर पक्षका नेता मनिष सुमनले जानकारी दिए ।

नेता सुमनले अध्यक्ष उपेन्द्र यादवले नै आ–आफ्नो बाटो लागौं भनेर प्रस्ताव गरेकाले अन्य विषयमा छलफल नभई पार्टी विभाजनको माइन्युटमा हस्ताक्षर गरेर फर्किएको उनको भनाइ छ ।

यादव पक्षका नेता महेन्द्र यादवले आयोगका पदाधिकारीले मिल्न सुझाव दिए पनि महन्थ पक्षले त्यसलाई अस्वीकार गरेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *