बागमती प्रदेश

आजदेखि काठमाडौं उपत्यकामा सवारी साधनमाथि लगाइएको जोरबिजोर प्रणाली हट्यो

काठमाडौं। काठमाडौं उपत्यकामा आजबाट सवारी साधनमाथि लगाइएको जोरबिजोर प्रणाली हटेको छ । सवारी साधनमाथि लगाइएको जोरबिजोर प्रणाली हटेसंगै उपत्यकाका सडकमा सवारी चाप बढेको छ । सवारी साधन निर्वाद रुपमा सञ्चालन भएसंगै सर्वसाधारणले निषेधाज्ञा खुकुलो भएको अनुभूति गरेका छन ।

आजबाट माइक्रो, टेम्पोलगायत सबै सार्वजनिक सवारी साधन चल्न पाउने छन । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।काठमाडौं उपत्यका भित्र प्रवेश गर्नेहरूले भने सम्बन्धित जिल्लाबाट जारी भएको प्रवेश अनुमति पत्र लिएर मात्र आउन पाउने व्यवस्था गरिएको छ ।

असार मसान्तसम्म थपिएको निषेधाज्ञामा सभा जुलस गर्न भिडभाड हुने सबै प्रकारका गतिविधि गर्न बन्देज छ । विद्यालय मन्दिर ब्युटिपार्लर लगायत बन्द रहनेछन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *