काठमाडौं । आजबाट कोराना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप लगाउन काठमाडौंका सबै स्थानीय तहमा खोप केन्द्र तोकेको छ ।
जेठ २५ गतेदेखि पहिलो डोज खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहलगायतका व्यक्तिलाई आजदेखि असार २४ गतेसम्म दोस्रो मात्रा खोप दिइने छ । स्वास्थ्य कार्यालय काठमाडौंले महानगरभित्र १३ वटा र अन्य पालिकामा दुई दुई स्थानमा खोप केन्द्र तोकेको छ । खोप सेवा विहन १० वजेदेखि दिउसो ४ बजेसम्म जारी रहने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
जनस्वास्थ्यका मापदण्ड पालना गरेर खोप लगाइने भएकाले आफूलाई पायक पर्ने स्थानमा खोप सेवा लिन जनस्वास्थ्य कार्यालय काठमाडौंले अुनरोध गरेको छ । खोप केन्द्रमा पहिलो मात्रा खोप लगाएको कार्ड अनिवार्य लिएर उपस्थित हुन समेत जनस्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।
यि ठाउँमा लगाउन पाइन्छ कोराना विरुद्धको कोभिसिल्ड खोपको दोस्रो डोज






