राजनीति

ओलीले दिइएको समयसीमा समाप्त, नेपाल पक्षले गरेन हस्ताक्षर फिर्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २३ सांसदले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको समयसीमा समाप्त भएको छ ।

यसअघि प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा अघिल्लो साता बसेको पार्टीको बैठकले माधवकुमार नेपाल सहित असन्तुष्ट नेताहरूले प्रमुख विपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भावी सरकारको नेतृत्व गर्न दिएको समर्थन सोमबार साँझसम्म फिर्ता लिन समयसीमा दिएको थियो।

तर, खनाल–नेपाल पक्षले अदालतबाट आउने फैसलालाई स्वीकार गर्ने हस्ताक्षर फिर्ता नलिने बताईसकेका थिए । अल्टिमेटमभित्र हस्ताक्षर फिर्ता नगर्ने सांसदहरुलाई अब ओलीले कस्तो कारवाही गर्छन् या गर्दैनन् भन्ने एमालेभित्र चासो बढेको छ । दुवै पक्षका नेताहरू औपचारिक अनौपचारिक छलफलहरूमा सक्रिय भइरहँदा सोमबार अपराह्नसम्म कुनै औपचारिक निष्कर्ष निस्कन नसकेको बताएको छ।

त्यसका लागि आइतबार बिहान ओलीपक्षीय नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल नेपाल निवास पुगेर हस्ताक्षर फिर्ता र पार्टी एक रहेको सन्देश दिनेगरी संयुक्त वक्तव्य जारी गर्न आग्रह गरेका थिए । तर, कार्यदलले वक्तव्यको मस्यौंदा ल्याउन आग्रह गरेपनि त्यस्तो मस्यौदा लिएर उनीहरु पुनः नेता नेपाललाई भेट्न गएका छैनन् ।

यताऽ नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक बसेको छ । कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल सहभागी छन् ।

यस्तै वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे रहेका छन् । यसमध्ये मन्त्रीपरिषदको नियमित बैठक भएकाले अर्थमन्त्रीसमेत रहेका पौडेल अनुपस्थित छन् । जेठ ७ गतेदेखि कार्यदलको बैठक बस्न सकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *