काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दिएको अल्टिमेटम आज पाँच बजे सकिँदै छ। ओलीले शुक्रबार बसेको केन्द्रीय समिति बैठकमार्फत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा हालेको रिट निवेदनबाट पार्टीका सांसदका हस्ताक्षर फिर्ता गराउन आज बेलुका ५ बजेसम्मको अल्टिमेटम दिएका थिए । ओलीले तोकिएको समय भित्र हस्ताक्षर फिर्ता नलिए पार्टी एक नहुने चेतावनी दिएका थिए । उता माधवकुमार नेपाल पक्ष भने हस्ताक्षर फिर्ता लिने मनस्थितिमा देखिएको छैन । के नेपाल पक्षले हस्ताक्षर फिर्ता नलिए पार्टी विभाजन हुन्छ त ? धेरैले चासोको साथ हेरेका छन् ।
प्रतिनिधि सभा पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेश माग गर्दै १४६ सांसदले अदालतमा दर्ता गराएको रिट निवेदनमा नेपाल पक्षका पनि २३ सांसदले हस्ताक्षर हस्ताक्षर गरेका छन्। अहिले सो मुद्धाको सर्वोच्च अदालतमा अन्तिम बहस जारी छ ।




