काठमाडौ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहस आज सकिँदै छ। प्रतिनिधि सभा विघटनविरुद्ध रिट निवेदक पक्षका अधिवक्ताले आइतबार सुरु गरेको जवाफी बहसको समयअवघि आज सकिन लागको हो । असार ९ देखि जारी सुनुवाइमा पक्ष र विपक्ष गरी २९ घण्टा बहस समय तोकिएको थियो । जवाफी बहसको लागी तोकिएको ३ घण्टामध्ये अब २ घण्टा समय बाँकी छ। आइतबार रमन श्रेष्ठले एक घण्टा बहस गरेका थिए ।
अब आज बाँकी समयमा वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले बहस गर्नेछन्।
जवाफी बहस सकिएपछि अदालतको सहयोगी एमिकस क्युरीले आजै राय दिनेछ। त्यसका लागि २ घण्टा समय तोकिएको छ।
एमिकस क्युरीका तर्फबाट नेपाल बार एसोसियसनका २ र सर्वोच्च बारका २ वरिष्ठ अधिवक्ताले राय राख्नेछन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा मुद्दा सुनुवाइ भइरहेको छ ।
इजलासमा आज बहस सकिएपछि फैसलाको प्रक्रिया अघि बढ्नेछ।




