समाचार

संसद् विघटनसम्बन्धी मुद्दा सभामुख तर्फबाट बहस सुरु, जवाफी बहस पनि आजै

काठमाडौ । संसद् विघटनसम्बन्धी मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट बहस बहस सुरु भएको छ । अधिवक्ताहरू मेघराज पोखरेलले बहस शुरु गरेका छन् । सभामुखका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदी रहेका छन् ।

उनीहरूका लागि दुई घण्टा समय तोकिएको छ।
निवेदकले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र सभामुखलाई विपक्षी बनाएका भए पनि संसद् विघटन र प्रधानमन्त्री नियुक्तिमा सभामुखको फरक मत रहेका कारण छुट्टै बहस भएको हो ।

यसअघि राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट सरकारी र निजी गरी ३२ जना कानुन व्यवसायीले १४ घण्टा बहस गरेका थिए।

गत असार ९ गतेबाट बहस सुरु भएको हो। सुरुमा निवेदक पक्षका ३६ कानुन व्यवसायीले १२ घण्टा बहस गरेका थिए।

जवाफी बहसका लागि ३ घण्टा समय दिइएको छ। सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट ५ जनाको बहस सकिएलगतै जवाफि बहस हुनेछ ।

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमणकुमार श्रेष्ठ, बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्दै छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *