विश्व

अफगानिस्तानमा अमेरिकी र नेटो सम्वद्ध सेना फिर्ता हुने

अफगानिस्तानमा ३० वर्षयता आतंकावादविरुद्धको युद्धका केन्द्रीत अमेरिकी र नाटो सम्वद्ध सेना फिर्ता हुने भएका छन् ।

अमेरिक सेना फिर्ता भएसँगै वैदेशिक सेनाको नियन्त्रणबाट स्वतन्त्र हुने बताइएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले आगामी सेप्टेमबर ११ अघि नै आफ्ना सम्पूर्ण सेना अफगानिस्तानबाट फिर्ता हुने यसअघि नै घोषणा गरिसकेका छन् । अमेरिकी सेना फिर्ता हुने भएसँगै तालिवानीसम्वद्ध विद्रोही लडाकूका गतिविधिहरु बढ्दै गएका छन् । राजधानी काबुललगायतकका स्थानमा तालिवानी लडाकू अफगान सरकारको मुख्य चुनौती रहेको छ ।

१९९० को दशकदेखि नै तालिवानी लडाकूले सो क्षेत्र नियन्त्रणको प्रयास गरेको बताइएको छ । तर अमेरिकी सेनाको कारवाहीका कारण विद्रोहीको प्रयास सफल हुन भएको छैन । तर अब अमेरिकी सेना फिर्ताको अन्तिम तयारीमा रहेसँगै तालिवानी लडाकूका गतिविधि हिंसात्मक हुनसक्ने भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरेको बीबीसीले जनाएको छ ।

हाल अफगानिस्तामा करिब तीन हजार अमेरिकी सेना कार्यरत रहेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *