कला/साहित्य

सेडोका कविता

१,
नौटङ्की रुप
आँखाको नानीभित्र
बनेको कसिङ्गर।
सुस्केरा हाल्दैँ
गरेको सहयोग
पोखिएको पानीझैँ ।

२,
अभिभावक
रहर दबाएर
बनिदिए भर्‍याङ ।
उचाल्दै शिर
गरुङ्गो भारी बोक्दै
बटुलेको आहारा ।

३,
वर्षाको दिन
पानीको मूल फुट्दा
पौडिन खोज्ने माछा ।
बगेको भेल
जीवन लछारिदा
अत्तालिदै तैरेका ।

४,
लामो समय
छुट्टेको मन जोड्दा
चलेछ रुवाबासी ।
दौडेको घडी
अघिपछि गर्दामा
छोटिएको जीवन ।

५,
कुमाले चक्र
समय घड्की जाँदामा
जीवन नै बोझिलो ।
रिँगटा लाग्ने
स्वार्थको दौडाइमा
सधैंँ जसो बेपत्ता ।

६,
पूर्वको घाम
पोखरा मनोरम
आँखै बन्यो उज्यालो ।
प्रकाश छर्दा
हेरेछु एकोहोरो
खुसीले गदगद ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *