१,
आवाजलाई
हावाले हल्लाएछ
तिमी ठानेर
जुरुक्क हेर्न खोज्दा
छाया ममाथि खस्यो ।
२,
तकियाभरि
गुम्सेका आँसुहरु
भिजेको खोल
तिमीलाई होईन
गलेको आशा सम्झेँ ।
३,
पट्ट फुटेछ
घामको कडा राप
रस चुहियो
तिमीले लुगा फेर्दा
सहनै नसकिने ।
४,
घुसार्दा पनि
लठ्ठिएछ तातोमा
झिक्नु न राख्नु
टाँस्सिएछ तिमीमा
चिप्लिनै नसकिने ।
५,
तिमी हरायौ
कुर्दा कुर्दा थकित
आवाज सुनेँ
किन लुक्नु परेको
खोज्दा खोदा हराएँ ।
६,
समय बित्छ
तिमीमै बिसर्जन
तिमी बाहेक
झोक चल्ने नै भयो
पग्लेर कति बसुँ ?




