समाचार

ओली सर्त : हस्ताक्षर फिर्ता नभए पार्टी एकता हुदैन, वामदेव भन्छन्, हस्ताक्षर फिर्ताको निर्देशन खारेज गर्नुपर्छ

काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिट निवेदनमा गरिएको हस्ताक्षर फिर्ता लिन माधव नेपाल पक्षका सांसदलाई निर्देशन दिएका छन्।
बालुवाटारमा भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा ओलीले देउवाका पक्षमा हस्ताक्षर गरेका एमाले सांसदलाई २ दिनभित्र हस्ताक्षरको निर्णय फिर्ता लिन निर्देशन दिएका हुन्। यदि दुई दिनभित्र हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन नसक्ने ओलीले बताए। सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न’ उनले । उता आजको बैठकमा सहभागी भएका नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले निवर्तमान सांसदहरुलाई हस्ताक्षर फिर्ता लिने निर्णय खारेज गर्न माग गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *