समाचार

संसद् विघटनको मुद्दामा सभामुख अग्निप्रसाद सापकोटा पक्षले पायो २ घण्टाको समय, आइतबार बहस गर्ने

काठमाडौ । संसद् विघटनको मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको तर्फका ५ अधिवक्ताले आइतबार बहस गर्ने भएका छन् ।

आज राष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बहस गर्नेहरुको समय सकिएको हो।

आइतबार सभामुखको तर्फबाट बहस गर्नेलाई २ घण्टा बहसको समय तोकिएको छ ।

यसअघि एक घण्टा समय छुट्याइएको थियो। पछि आधा घण्टा थप गरेपनि त्यसले नपुग्ने बरु बहस नोट मात्रै पढिदिन भनेपछि एक घण्टा थप्दै इजलासले २ घण्टा समय तोकेको हो।

सभामुख संसद विघटनको विपक्षमा उभिएपछि उनका लागि छुट्टै समय तय गर्नु परेको हो।

सभामुखका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ताहरूमा श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदी रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *