काठमाडौं । एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा माधव नेपाल पक्ष भने अनुपस्थित भएको छ । उपाध्यक्ष बामदेव गौतम भने सहभागी भएका छन्।
दशौं महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्दै बैठक सुरु भएको हो। नेपाल पक्षले २०७५ जेठ २ को कमिटीलाई ब्यूँताउनुपर्ने माग गर्दै आएको छ।
तर बुधबार बसेको स्थायी कमिटीले माओवादी केन्द्र छाडेर एमालेमै बसेका चारजनालाई स्थायी कमिटीसहित २३ जना पूर्वमाओवादीलाई केन्द्रीय कमिटीमा थपेपछि नेपाल पक्ष असन्तुष्ट छ ।
नेपाल समूहले २ जेठमा कायम स्थायी समिति र दुई सय तीन सदस्यीय केन्द्रीय कमिटी बैठ्क बसेर राजनीतिक र कानुनी प्रश्न सम्बोधन हुनेगरी प्रक्रिया पुर्याएर बैठक बस्नुपर्ने माग गरिरहेको छ । बैठकमा सहभागी हुन आज बिहान एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपाललाई टेलिफोन गरेका थिए ।




