काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले शेरबहादुर देउवाले नेपाली कांग्रेस र माओवादीको दलको पत्रसहित अन्य दलका सदस्यहरुको पनि समर्थन लिएर जानु भाको छ यसमा कहाँ गल्ती भयो भनी पश्न गरेका छन् । आज संसद् विघटनको मुद्दामा बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलको बीचको सवालजवाफमा कांग्रेस सभापति शेर बहादुर देउवाले स्वतन्त्र सांसद सहित १ सय ४९ जनाको समर्थन लिएर प्रधानमन्त्रीमा दावी गर्दा ‘के गल्ति गर्नुभयो रु’ भनेर प्रश्न गरेका हुन् । त्यसको जवाफमा खरेलले देउवाले आफ्नो र माओवादीको भने पार्टीको निर्णय लिएर जानुभएको छ। तर अन्यको हकमा त्यस्तो पत्र छैन। अन्य भनिएका सांसद स्वतन्त्र होइनन्, ती दलका सांसद हुन्।’
राणाले फेरि सवाल गरे , धारा ७६ ९५० मा दलले मात्र सरकार बनाउने हो भने, संसदमा स्वतन्त्र ४ जना सांसदको भुमिका के हुने भन्नेबारे जबराले जवाफ माग गरे
जबराले सोधे–‘उपाधार ५ को ब्यवस्था, जस्तो अहिले संसदमा ४ जना स्वतन्त्र हुनुहुन्छ ‘अहिले ४ जना स्वतन्त्र छन्। २ को व्यवस्थामा त उहाँले ठाउँ पाउनुहुन्न। २ मा स्वतन्त्र सांसदको भूमिका रहेन। ५ मा गएपछि त दल र स्वतन्त्र सांसदले ठाउँ पाए । अहिले ठ्याक्कै उपधारा २ र ५ बीचको ठ्याक्कै भिन्नता के हो भी प्रश्न गरे ’। त्यस्तै एक घण्टा भएको सवालजवाफमा प्रधानन्यायाधीश जवराले फेरि प्रश्न गरे, ‘यो राजनैतिक दलसम्बन्धी धारा ८९ बाट बनेको हो। संविधानका सबै धारा स्वतन्त्र हुन्। अरुसँग जोड्न त मिल्छ तर आफैँमा स्वतन्त्र हुन् नि त१ त्यसले गर्दा यो उपधारालाई यसरी अरुसँग जोडेर व्याख्या गर्न मिल्ला ररु जब कि दुवै पक्षबाट यो उपधारा संसारकै अनौठो भनेर भनिँदै छ।’
खरेलले भने, ‘पछिल्लो पटक ७६(२) को अवसर दिएको थियो। त्यसमा विश्वासको मत नपाएपछि ७६(३) मा गएको हो। अरुको पार्टी फोडेर प्रधानमन्त्री बन्न मिल्छरु जो स्वतन्त्र सांसद छन्, ती स्वतन्त्र रुपमा आउँछन्। तर दलको सदस्य भने सांसदको रुपमा आए पनि दलको निर्णयमा आउँछन्, आउनुपर्छ।’ खरेलले नेपालको संविधान बहुलवादमा आधारित संविधान भएको भन्दै यसले दलमा विश्वास राख्ने बताए। सोमबार देखी चलेको सरकार पक्षको सुनुवाई अझै जारी छ ।




