समाचार

आज बस्ने भनिएको कांग्रेसको पदाधिकारी बैठक स्थगित

काठमाडौं । क्रियाशील सदस्यता विवाद टुंग्याउन आज बस्ने भनिएको नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ ।

दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा बस्ने बैठकमा पार्टीको क्रियाशील सदस्यता विवादबारे छलफल हुने भनिएपनि तयारी नपुगेको भन्दै स्थगित भएको हो । आजको बैठकको एजेन्डा क्रियाशील सदस्यता विवाद टुंग्याउन बिषयमा थियो । बैठक भोली फेरी बस्ने जनाइएको छ ।

पाटीको १४औँ महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा क्रियाशील सदस्यताको विवाद बढ्दै गएको छ। अहिलेसम्म कांग्रेसको केन्द्रीय कार्यालयको सर्भरमा साढे आठ लाखभन्दा बढी क्रियाशील सदस्यको इन्ट्री भएको छ । अझै ७० हजार क्रियाशील सदस्यको विवाद टुंगो लगाउन बाँकी रहेको पार्टीको संस्थापनइतर पक्षले दाबी गर्दै आएको छ ।

क्रियाशील सदस्यताको विवाद सहज ढंगले टुंगो लगाउनुपर्ने भन्दै बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरूको भेला बसेको थियो । निरन्तर केही दिनयता यसै विषयमा छलफल भए पनि समाधान निस्कन सकेको छैन

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *