देश

क्रियाशील सदस्यता विवाद टुंगो लगाउन कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । क्रियाशील सदस्यता विवाद टुंग्याउन आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ।

दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा बस्ने बैठकमा पार्टीको क्रियाशील सदस्यता विवादबारे छलफल हुने पार्टी सचिव प्रेम केसीले जानकारी दिए।

पाटीको १४औँ महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा क्रियाशील सदस्यताको विवाद बढ्दै गएको छ। अहिलेसम्म कांग्रेसको केन्द्रीय कार्यालयको सर्भरमा साढे आठ लाखभन्दा बढी क्रियाशील सदस्यको इन्ट्री भएको छ । अझै ७० हजार क्रियाशील सदस्यको विवाद टुंगो लगाउन बाँकी रहेको पार्टीको संस्थापनइतर पक्षले दाबी गर्दै आएको छ ।

क्रियाशील सदस्यताको विवाद सहज ढंगले टुंगो लगाउनुपर्ने भन्दै बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरूको भेला बसेको थियो । निरन्तर केही दिनयता यसै विषयमा छलफल भए पनि समाधान निस्कन सकेको छैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *