राजनीति

विधि, पद्धति र मूल्यको राजनीति छाडिन्नः नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले विधि, पद्धति र मूल्यको राजनीति नछाड्ने स्पष्ट पारेका छन् ।

विपक्षी गठबन्धनले नागरिक समाजका प्रतिनिधिहरुसँग आज बुधबार गरेको अन्तरक्रिया कार्यक्रममा नेपाललाई एमाले जेठ २ मा फर्किएपछि के हुन्छ भन्ने प्रश्न आएको थियो । जवाफमा उनले विधि, पद्धती र मूल्यको राजनीति नछाड्ने स्पष्ट पारेका हुन् ।

लोकतन्त्र, संविधान खतरा उन्मुख रहेको भन्दै नेपालले ओली प्रवृत्तिको पुनरावृत्ति हुन नहुने बताएका छन् । यद्यपि आफूले बोल्यो कि पोल्यो हुने अवस्था रहेको नेपालले सुनाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *