समाचार

महाधिबेशन आयोजक कमिटी भंग , माधव नेपाल सहित ११ नेतामाथिको कारबाही फिर्ता

काठमाडौ । नेकपा एमालेले १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गर्ने निर्णय गरेको छ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ८ जनालाई स्थायी कमिटीमा थप गर्दै १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गर्दै स्थायी कमिटी विस्तार गरेको पार्टी प्रवत्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

जसमा पूर्वमाओवादीका ४ नेता र एमालेकै ४ नेता समेटिएका छन्। यी ८ जना नै तत्कालीन नेकपाका स्थायी कमिटी सदस्य थिए।

माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका रामबहादुर थापासहित टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरिएको छ। रघुवीर महासेठ, विष्णु रिमाल, रघुजी पन्त र वेदुराम भुसाललाई स्थायी कमिटी सदस्य बनाइएको छ।

‘त्यस्तै गरी बैठकले माधव कुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाक्री, कलिला खातुन, पुष्पाकुमारी कर्ण, निरादेवी जैरू, सरला यादव, कल्याणी खड्कासहित ११ नेतामाथि गरेको कारबाही पनि फिर्ता लिएको प्रवत्ता ज्ञवालीले जानकारी दिए ।कारबाही फिर्ता लिए सगै अब नेताहरुको इगो पनि खारेज हुने र सिंगो एमाले एकीकृत हुने अपेक्षा गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *