राजनीति

सभापति देउवाले पार्टीका नेता कार्यकतालाई भने- जनता देशका मालिक हुन, जनता खुशी पार्न लाग्नुहोस्


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता देशको मालिक भएकाले जनताको मन जित्ने काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन ।


नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको वागमति प्रदेश स्तरीय समन्वय वैठकलाई सम्बोधन गर्ने क्रमामा सभापति देउवाले जनताभन्दा ठूलो कोही नहुने बताएका हुन । जनताको सेवा गरेर उनीहरुलाइ रिझाउनु बाहेक अर्को विकल्प नभएको सभापति देउवाले बताएका छन । जनतालाई खुसी पारे चुनाव जिताएर पुरस्कृत गर्ने र खुसी नपारे हराएर सजाए दिने भन्दै सदैब जनताको सेवामा लाग्न सभापति देउवाले आग्रह गरे ।

समावेशी पार्टी बनाएर नेपाली कांग्रेसलाई सबै जनताको पार्टी बनाउनका लागि नेपाली कांग्रेसले अहं भूमिका खेलेको सभापति देउवाले बताए ।
न्यायपूर्ण ढंगबाट टिकट वितरण गरेर पार्टीभित्रको आन्तरिक द्वन्द्व निवारण गर्ने सभापति देउवाले बताए । अगामी महाधिवेशनमा एकतावद्ध भएर अघि बढ्न सके तीनै तहको निर्वाचनमा नेपाली कांग्रेसले शानदार जित हात पार्ने सभापति देउवाले दाबी गरे ।


गठन भएलगत्तै स्थानीय तह समन्वय विभागलाई शसक्त रुपमा अघि बढाएका विभागका संयोजक अर्जुन जोशीले लोकतन्त्र विलियो बनाउने कार्यमा लाग्न सहभागीहरुलाई आग्रह गरे ।


विभागका सचिव नहकुल केसीले संयोजन गरेको कार्यक्रमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी, नगरपालिका महासंघका महासचिव एवं निलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना, विज्ञ श्यामप्रसाद भूर्तेल, मदन कृष्ण श्रेष्ठ, दोलखा कांग्रेस सभापति रुद्रबहादुर खड्का, भक्तपुर कांग्रेस सभापति दुर्लभ थापा, भरतपुर उपहानगरकी उपप्रमुख पार्वती शाह, हेलम्बु गाउँपालिकाकी उपप्रमुख कोपिला पण्डितलगायत वागमती प्रदेशका जनप्रतिनिधिले धारणा राखेका थिए ।

स्थानीय तह समन्वय विभागले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशमा प्रदेशस्तरीय भर्चुअल समन्वय बैठक सम्पन्न गरेको स्थानीय तह समन्वय विभागका केन्द्रीय सदस्य रामप्रसाद पौडेलले जानकारी दिए । प्रदेश १ र प्रदेश २ मा पनि चाडै प्रदेश स्तरिय समन्वय वैठक सञ्चालन गर्ने विषयमा समितिमा छलफल भइरहेको पौडेलले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *