रिबन

‘छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छुद्र भाषा प्रयोग गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताए । ‘छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?’ भनी प्रश्न गरे । उनले भने, ‘रेस्पेक्ट गर्न सक्ने व्यक्तिले देश बनाउँछ । छुद्र भाषामा बोलेर केही हुँदैन । छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?’

विपक्षी गठबन्धनले सोमबार संघीय संसद भवनको ल्होत्से हलमा वुद्धिजीविसँग गरेको अन्तर्क्रियामा बोल्दै उनले संविधानले दिएको जिम्मेवारी र कर्तव्य पूरा नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो गरिमा समाप्त गरेको बताए ।

संसदको कुनै पनि सांसदले बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा प्रधानमन्त्री हुनसक्ने व्यवस्था संविधानले गरेको उल्लेख गर्दै देउवाले बहुमत पुर्‍याएर प्रस्ताव लैजाँदा पनि राष्ट्रपतिले संविधानको व्यवस्था अनुसार प्रधानमन्त्रीमा नियुक्त नगरेर ओलीको कार्यकर्ता बनेको दोहोर्‍याए ।

संविधानको अन्तिम व्याख्या गर्ने संस्था अदालत भएको र न्यायालयको निष्पक्षता तथा स्वतन्त्रतामा विश्वास गर्ने उल्लेख गर्दै उनले संविधानमा भएको व्यवस्थाअनुसार नै अदालतको फैसला आउनेमा आफूहरु विश्वस्त रहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *