राजनीति

‘अर्को ठूलो खेल चलिरहेको गन्ध आएको छ’

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘अर्को ठूलो खेल चलिरहेको गन्ध आएको बताए । उनले भने ‘संसद पुनर्स्थापना भइहाले पनि (पुनर्स्थापना) नहुनु भन्दा रद्दी हुनसक्छ ।’ विपक्षी गठबन्धनका शीर्ष नेताहरुले सोमबार नागरिक समाजका अगुवा र बुद्धिजिवीहरुसँग गरेको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अदालतबारे कुनै टिप्पणी नगर्ने बताए ।

कोभिड–१९ महामारीका कारण सडकमा आउने अवस्था नरहेको भन्दै उनले खबरदारी गरिराख्न प्रचण्डले आग्रह गरे । उनले प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना हुने निश्चित नै भए पनि अझै आशंका कायमै रहेको बताएका छन् । संविधान र विगतका नजिरले समेत प्रतिनिधिसभा पुनःस्थापना हुने धेरै आधार भएपनि ढुक्क भएर बस्ने अवस्था नभएको प्रचण्डको भनाई छ ।

‘संसद त पुनःस्थापना हुन्छ तर अझैपनि विश्वस्त हुन सक्ने अवस्था छैन’ अध्यक्ष प्रचण्डले पुनःस्थापनाले मात्रै पनि समस्याको समाधान हुने अवस्था नरहने बताए । ‘त्यसैले अलिकति पनि सतर्कता टुटाउन हुँदैन । आफ्नो ठाउँबाट आवाज उठाइ राख्नुपर्छ’ प्रचण्डको भनाई थियो ।

सरकारका सवै असंवैधानिक काम र निर्णयहरुलाई गठबन्धनले नस्वीकार्ने पनि प्रचण्डको भनाई थियो । प्रचण्डले गठबन्धनको सरकार बनेपछि पहिलो प्राथमिकता जनताको जीउधनको रक्षा गर्नेमा हुने बताए ।

उनले संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधिनताका लागि धेरै छलफल र बहस गरेर नै गठबन्धन बनको र यो परैसम्म जाने पनि बताए । उनले सम्बृद्धिको यात्रा, विकास र स्थायित्वका लागि एमालेसँग एकता गरेको स्मरण गराउँदै केपी ओलीले आफ्नो स्वार्थका लागि जस्तोसुकै सहमति गर्ने तर पालना नगर्ने प्रवृत्तिका कारण एकता नटिकेको बताए । ‘एकै दिन तीन जनलाई बोलाएर तपाईं नै प्रधानमन्त्री र अध्यक्ष बनाउन सक्ने ओली बाहेकका नेता अरु छैनन्’ प्रचण्डको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *