राजनीति

पौडेल, सिटौला र सुजाताको लञ्च मिटिङमा के भयो ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला र सुजाता कोइरालाबीच आज सोमबार लञ्च मिटिङ भयो । पार्टीको महाधिवेशन नजिकिदै गर्दा नेताहरुबीच भेटघाट र बैठकले निरन्तरता पाएको हो ।

यी तीन नेताको लञ्च मिटिङ सुजाता निवास मण्डिखाटारमा भएको थियो । नेतृ सुजाताले आफ्नो निवासमा पौडेल र सिटौलालाई खाना खान बोलाएकी थिइन् । वरिष्ठ नेता पौडेल पूर्वमहामन्त्री कृष्ण सिटौलालाई लिएर छलफलका लागि मण्डिखाटार पुगेका थिए ।

महाधिवेशनमा सभापति देउवाले नेतृत्वमा दोहोरिने गरी तयारी अगाडि बढाएपछि संस्थापनइतर समूहबाट सहमतिमा नेतृत्वबारे छलफल गर्न कोइरालाले पौडेल र सिटौलालाई बोलाएको हो ।

कोइरालाले आफू सभापातिमा उठ्ने बताउँदै आएकी छन् भने वरिष्ठ नेता पौडेलले पनि अन्तिम पटकका लागि सभापति बन्ने इच्छा राखेका थिए । कांग्रेसमा तेस्रो धारको नेतृत्व गर्दै आएका सिटौलाले भने नेतृत्वका बारेमा मौन देखिका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले पनि भेटघाटलाई तीब्रता दिइरहेका बेला उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले भावी नेतृत्व सर्वसम्मत चयन गर्नेबारे छलफललाई तीब्र बनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *