राजनीति

ओलीले भने– माधव नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोक्या छ र ?

काठमाडौं । एमालेमा सम्बन्ध सुधार भइरहेको बताइरहेका बेला प्रधानमन्त्री केपी ओलीले माधवकुमार नेपालप्रति कडा कटाक्ष प्रहार गरेका छन् । सोमबार बालुवाटारमा मदन भण्डारीको ७०औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा ओलीले माधवकुमार नेपाललाई आफूले प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका छन् ।

मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै ओलीले आफूले माधव नेपालजस्ता मानिसलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको स्पष्ट पारे । ‘मैले माधव नेपाल भन्ने व्यक्तिलाई प्रधानमन्त्रीको प्रस्ताव राखेँ रे,’ उनले भने, ‘मलाई बहुला कुकुरले टोकेको छ र ? कोही नेपालमा नभेट्टाएर यस्ता मान्छेलाई केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्ला ?’

प्रधानमन्त्री ओलीले माधवकुमार नेपाललाई शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डका मामुली कार्यकर्ता भएको टिप्पणी गरे । माधव नेपाल प्रचण्डको पुच्छर भएको भन्दै कटाक्ष गरेका ओलीले प्रचण्डले छिनछिनमा रङ फेरेर छेपारोलाई पनि फेल गराएको आरोप लगाए ।
चार दिनअघि आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा नेता नेपालले आफूलाई बालुवाटारबाट प्रधानमन्त्रीको अफर आएको दाबी गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *